• Nepal & WSF - info & discussion

  • Fwd: ​स्वयंसेवागरौं,विपदकोघडीमासाथदिऔं

    from Kabindra on Jun 04, 2015 02:06 PM
    ​​
    ​*स्वयंसेवा गरौं**,*
    
    *विपदको घडीमा साथ दिऔं*
    
    
    
    *भुकम्प प्रभावित जिल्लाहरु सिन्धुपाल्चोक**, गोरखा, धादिङ र रसुवा लगाएतका
    जिल्लामा विद्यालयका अस्थाई टहराहरु निर्माण गर्ने, गरिव बस्तीहरुको अस्थाई
    बास निर्माण गर्ने, खानेपानी, स्वास्थ्य र सरसफाई सम्बन्धि जनचेतना अभिबृद्धि
    गर्ने, मनोविमर्श सेवाहरु दिन इच्छुक युवाहरुलाई महासंघमा सम्पर्क राख्नुहुन
    अनुरोध गरिन्छ ।*
    
    
    
    *राष्ट्रिय युवा महासंघ नेपाल** (निफन)*
    
    *अनामनगर**, काठमाण्डौ*
    
    *फोनः ०१४१०२९००**,  इमेलः **info@... <info@...>*
    
    
    
    *नोटः*
    
    *१**.   स्वयंसेवकलाई नेपाल सरकार, युवा तथा खेलकुद मन्त्रालयसंगको समन्वयमा
    सरकारी पहिचान भएको*
    
    *परिचय पत्र** (२ प्रति फोटो आवश्यक) र स्वयंसेवा गरिसके पश्चात सरकारी पहिचान
    भएको प्रमाणपत्र (नागरिकता वा उमेर खुल्ने कुनै प्रमाण आवश्यक) प्रदान गरिने छ
    । *
    
    *२**.   स्वयंसेवक युवाहरुलाई १ दिने अभिमुखिकरणका साथै खटिएको समयमा खाना र
    बासको ब्यवस्था गरिने छ । *
    
    *३**.   स्थानिय प्रशासन संगको समन्वयमा स्वयंसेवा हुने भएकोले स्वास्थ्य र
    सुरक्षामा विशेष ध्यान दिइने छ । *
    
    *४**.   स्वयंसेवकले चाहेको सिमित दिनका लागि मात्र स्वयंसेवा गराइने छ ।*
    
    *५**.   घरबाट संबन्धित स्थानमा आउन जान यातायातको लागि सहयोग/समन्वय गरिने छ
    ।*
    
    
    
    *७२ जिल्लामा संजाल विस्तार भएको राष्ट्रिय युवा महासंघ नेपाल** (निफन) युवा
    संस्था र ब्यक्ति दुबै सदस्य हुनसक्ने कानुनी ब्यवस्था भएको एक मात्र छाता
    संस्था हो । हाल सम्म सयौ स्वयंवक परिचालन गरी राहत र निर्माणको कार्य गरिहेको
    छ । यसले अन्य युवा संस्था, संजाल र महासंघ, निजी क्षेत्र, स्थानीय
    संस्थाहरुसंग समन्वय गरेर काम गरिरहेको छ र विभिन्न जिल्लाका स्थानीय
    संस्थासंगको साझेदारीमा ६००० अस्थाई आवासको कार्य प्रारम्भ गरेको छ ।*
    
    
    
    *समुहमा स्वंसेवक हुन चाहने युवाहरुले निम्नानुसारको विवरण संकलन गरी इमेलमा
    पठाउन अनुरोध गरिन्छ ।*
    
    *क्र**.सं. नाम, ठेगाना, उमेर, रक्त समुह, शैक्षिक योग्यता, मोवाइल नं., इमेल,
    कार्यअनुभवको क्षेत्र, स्वयंसेवा गर्न चाहेको अवधि र स्वयंसेवा गर्न चाहेको
    जिल्ला (सम्भव भए जिल्ला, गाविस, वडा, टोल उल्लेख गर्नुहोस ।) *
    
    * स्वयंसेवा गर्न संस्थाले जहां खटाए पनि हुने खालका स्वयंसेवकले "संस्थाको
    आवश्यकता अनुसार" लेख्नु होला ।*
    
    
    
    *स्वयंसेवकहरु आवश्यक हुने परिवार वा स्थानीय संस्थाहरुले सम्पर्क गरी
    स्वयंसेवकहरु झिकाउन सक्नेछन् ।*
    
    
    *स्वयंसेवा गरौं**, विपदको घडीमा आदर्श नागरिकको कर्तब्य निभाऔं ।*​
    
    Best regards,
    
    --------
    
    *Kabindra Burlakoti*
    
    
    *President,** National Youth Federation Nepal (NYFN)*
    
    *अध्यक्ष**,* *राष्ट्रिय युवा महासंघ नेपाल* *(**निफन**)*
    
    
    
    18 Sahayogmarg, Anamnagar-32, Kathmandu, Nepal
    Phone/Fax: +977-01-4102900, Cell: +977 9841305099
    Web: www.nyfn.org.np, Email: kabindra@...
    
    https://www.linkedin.com/in/kabindra99
    
    www.facebook.com/kabindra99, https://twitter.com/kabindra99
    
    www.facebook.com/nyfn100 *(National Youth Federation Nepal)*
    
    म जन्मेको सार्थक बनाउने छु - www.facebook.com/beinghumanmovement
    
    Active Citizens - www.facebook.com/activecitizens99
    
    4-H Nepal- www.facebook.com/4HNepal
    
    नयाँ-नेपाल-अभियान - www.facebook.com/missionnayanepal