• Nepal & WSF - info & discussion

  • Fwd: छलफलकार्यक्रममानिमन्त्रणा

    from NGO Federation of Nepal on Jun 06, 2015 09:50 AM
    २१ जेष्ठ २०७२
    
    सम्पूर्ण साथीहरु
    अभिवादन
    
    वैशाख १२ को महाभुकम्प पश्चात हामी सबै राहतको काममा जुटिररहेका छौं । यसै बीच
    प्रभावित क्षेत्रहरुमा अस्थायी पुर्नवास लगायत अन्य मानवीय सहायतहरुका लागि
    सरकारी, गैरसरकारी, पार्टिगत तथा नीजि क्षेत्रबाट सहायताहरु परिचालन भैरहेका
    छन् ।
    
    केहि दिन अगाडि नेपाल सरकारले राष्ट्रिय तथा अन्तराष्ट्रिय गैरसरकारी
    संस्थाहरु मार्फत सहायता परिचालनको लागि एक निर्देशिका जारी गरेको छ । यस
    बिषयमा सिंगो गैरसरकारी क्षेत्रमा विभिन्न जिज्ञासाहरु उठिरहेको छ ।
    
    यसै परिपेक्षमा सहायता परिचालन लगायत समसामयिक बिषयहरुमा गैससहरु तथा नागरिक
    संजालहरु बीच छलफल तथा परामर्श गर्ने र आगामी गैरसरकारी क्षेत्रको
    कार्यदिशाबारे स्पष्ट समेत हुने उद्देश्यका साथ निम्न मिति, समय र स्थानमा
    छलफल कार्यक्रम आयोजना गरिएको हुँदा उक्त समयमा उपस्थित भैदिन निमन्त्रणा
    गर्दछौं ।
    
    उक्त दिनको छलफल कार्यक्रममा हामीले अर्थ मन्त्रालयका एक अधिकारीलाई समेत
    निम्ता गरेका छौं । निर्देशिका लगायत सहायता परिचालनसँग सम्बन्धित बिषयहरुमा
    छलफल केन्द्रित रहने छ ।
    
    मिति ः २४ जेष्ठ २०७२ (७ जुन २०१५) आइतबार
    समय ः २ ः४५ बजे
    स्थान ः गैसस महासंघको कार्यालय, बुद्धनगर
    थप जानकारीको लागि सम्पर्क ः ९८४११००४३२÷९८४१४६२०५७
    
    
    शर्मीला कार्की गोपाल लम्साल
    अध्यक्ष महासचिव
    
    
    -- 
    
    *NGO Federation of Nepal Buddhanagar, Kathmandu, Nepal P. O. Box No.: 7768
    (Kathmandu) Phone No.: +977-01-4782908 <%2B977-01-4782908>, 4781368, Fax:
    +977-01-4780559 <%2B977-01-4780559> Email: info@...
    <info@...>, Website: www.ngofederation.org
    <http://www.ngofederation.org>*
    
    
    
    
    -- 
    
    *NGO Federation of Nepal Buddhanagar, Kathmandu, Nepal P. O. Box No.: 7768
    (Kathmandu) Phone No.: +977-01-4782908, 4781368, Fax: +977-01-4780559
    Email: info@... <info@...>, Website:
    www.ngofederation.org <http://www.ngofederation.org>*